देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेतासँग भोलि चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक हुने

देशान्तर

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् ।

 

मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उनको सचिवालयले दिएको छ । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगार्ईंका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा ओली सहभागि हुने निश्चित भएको छ ।

प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।