देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास छ : कांग्रेस प्रवक्ता

देशान्तर

काठमाडाैं । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास व्यक्त गरेका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले आइतबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन’ विषयक अन्तरक्रियामा प्रवक्ता शर्माले सर्वोच्चले संविधानलाई पुनर्जीवन दिने बताएका हुन् ।

‘न्यायको फैसला गरिँदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ,’ प्रवक्ता शर्माले भने, ‘त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका न्यायमूर्तिहरुको छ ।’

प्रवक्ता शर्माले विद्यार्थी आन्दोलन समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुन आवश्यक रहेको बताए ।