देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख पक्षका कानुन व्यवसायीको बहस सकियो

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । आइतबार दुई घण्टा समय अवधिमा सभामुखको वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् ।

सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस शुरु गरिएको छ । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४७ जना सांसदको तर्फबाट आइतबार १ घण्टा जवाफ दिएका छन् ।

जवाफी बहसका लागि २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ । सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफ दिनेछन् ।