देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भ‍व छैन : गौतम

देशान्तर

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्‍भव नहुने बताएका छन्।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन्।

आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको उनले बताए। उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरे।

एकैठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि। दुईतिर तीनतिर बाँडिएकाहरूलाई नै एकता गराउने हो। अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो। पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु।

मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ। हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा वामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ। यस्तो बेलामा नआत्तिकन सबै साथीहरूलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छुु, गौतमले भने, म त्यसको लागि प्रयत्नशील छु।

लागिरहेको छु। माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जी सँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ। यी दुईटाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन। म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु।

यस्तो अवस्थामा एकता संभव छ त भन्ने संञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले संभव भएको तर त्यो सर्वोच्चको आदेश पछि संभव हुने बताए। उनले भने, एकता संभव छ। अहिले संभव नहोला। सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ।