देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ अधिवक्ता न्यौपानेको प्रश्न : ओलीले राजीनामा दिनै नमिल्ने हो?

देशान्तर

काठमाडौँ – वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले ‌प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नपर्ने हो भन्दै प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा न्यौपानेले हालसम्म प्रधानमन्त्री राजीनामा गरेको भनेर कुनै धारामा नसुनिएको बताए।

उनले प्रधानमन्त्रीले राजीनामा दिएर मात्र बाँकी प्रक्रिया अगाडि बढाउनुपर्नेमा आफू पदमा रहँदा रहँदै अर्को सरकार बनाउन भन्दै राष्ट्रपतिलाई आह्वान गर्न लगाएको टिप्पणी गरे।

७६ उपधारा ५ मा जान प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु भयो कि अवरुद्ध गर्नुभयोरु पत्रकार सम्मेलन गरेर दाबी गर्दिनँ, बहुमत छैन, चलाउन मन छैन भन्ने अनि अरु भन्दा अघि आफैं जानेरु यो मार्ग अवरुद्ध होु, उनले भने, केपी ओलीमा सत्ताको स्वाद बस्यो अनि उहाँले छोड्न सक्नु भएन। हालसम्म उहाँले राजीनामा गर्नु भएको कुनै पनि धारामा सुनिएन। उहाँले चाहिँ राजीनामा दिन नपर्ने हो ?

प्रधानमन्त्री ओलीको यो कार्यप्रति प्रश्न उठाउन पाइने न्यौपानेले तर्क गरे। उपधारा २ राजनीतिक दलको र प्रतिनिधि सभाको सदस्यले उपधारा ५ अनुसार दाबी गर्ने हो। यो बहुदलीय व्यवस्था त हो तर, सांसदहरुको व्यक्तिगत स्वतन्त्रा छैन र ? न्यौपानेले भने।