देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारसँग विप्लव समूह असन्तुष्ट, विप्लव समूहले सरकारसँग छलफल गर्ने

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग छलफल गर्ने भएको छ ।

शान्तिपूर्ण राजनीतिमा आउँदा सरकार पक्षसँग भएका सहमतीहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्ट विप्लव समूहले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुबारे छलफलका लागि आइतबार नै विप्लव समूह बालुवाटार जान लागेको स्रोतले जनाएको छ ।

लामो समयदेखि भूमिगत राजनीतिमा रहेको विप्लव समूह गत फागुन २१ गते वर्तमान केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमती गर्दै शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेको थियो ।

विभिन्न मागहरु मध्ये उक्त समूहले सरकारसँग जेलमा रहेका आफ्ना नेताकार्यकर्ताहरुलाई रिहाइको माग रहेको थियो । तर आज सहमती भएको ४ महिना बितिसक्दा पनि आफ्ना मागहरु पूरा नभएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो ।