देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द

देशान्तर

काठमाडौं – जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी नारिता उडान रद्द भएको जानकारी दिएको छ । जारी महामारीका कारण उडान रद्द गर्नु परेको कम्पनीको भनाइ छ ।

कम्पनीका एक उच्च अधिकारीका अनुसार अहिले जापानको नारितामा प्रतिउडानमात्र ६० जना यात्रु लैजान पाउने प्रावधान छ ।

सोही प्रावधानका कारण नेवानिले आफ्नो सबैभन्दा लामो दूरीको गन्तब्यमा उडान गर्न नसकेको हो । जहाजको सीटमा ८० प्रतिशत भन्दा बढी यात्रु भरिएको अवस्थामा मात्र सो उडान नाफामा जान सक्छ ।

तर, ६० यात्रु बोक्न त्यो सम्भव नहुने भएको हो । सरकारले जुलाई महिना भरका लागि नारितामा हरेक शुक्रबार एक उडान गर्ने गरी तालिका दिएको थियो । अहिले सातामा कुल २३ उडान गर्ने गरि १४ गन्तब्यमा विशेष नियमित उडानको अनुमति दिइएको छ ।