युरो २०२० अन्तर्गत समीफाइनल समिकरण पूरा भएको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई ४–० ले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो ।
सेमिफाइनल र फाइनल खेल भने इंग्ल्याण्डमा हुने छ । सेफिाइनलमा इटली र स्पेन तथा इंग्ल्याण्ड र युक्रेनलको स्थान पक्का गरेका हुन् ।
फाइनल प्रवेशका लागि मंगलबार इटाली र स्पनेबीच प्रतिस्पर्धा हुने छ । क्वाटरफाइनलमा स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सूटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्दा इटालीले बेल्जियमको चुनौती २–१ ले पन्छाएको थियो ।
यसैगरी बुधबार इंग्ल्याण्ड र डेनमार्क आमने सामने हुने छन् । डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दा इंग्ल्याण्डले युक्रेनमाथि ४–० गोल अन्तरको जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।
प्रतिक्रिया