देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर २ हजार ३ सय २८ जना कोरोना संक्रमित थपिए,१९ जनाको मृत्यु

देशान्तर

काठमाडौं – देशभर २ हजार ३ सय २८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४ दशमलब ३ प्रतिशत पुगेको छ। यो अवधिमा १९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा ३ सय ७६ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २ सय ४६, ललितपुर ८१ र भक्तपुरमा ४९ जना थपिएका मन्त्रालयको तथ्यांक छ।