देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेद्वारा कर्णाली प्रदेशसभसा अवरुद्ध

देशान्तर

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठक पुनः अवरुद्ध गरेको छ ।

सरकारमा रहेका एमालेका तीन जना मन्त्री सरकारबाट फिर्ता नहुन्जेल प्रदेशसभा बैठक चल्न नदिने भन्दै एमालेले यो अधिवेशनमो छैठौं पटक संसद अवरुद्ध गरेको हो ।

बैठकको ढ्यापढ्यापे समयमा बोल्दै एमाले सांसद देवी वलीले नियम कानुनको पालना गर्नुपर्ने कुनै एउटा पार्टीको जिम्मेवारी मात्र नभएको बताए ।

उनले न्यायमूर्तिले दिएका कुरा पनि कार्यान्वन भएको भन्दै उनले एमालेले प्रदेशसभामा राखेको कुराको सम्बोधन नगरुन्जेल प्रदेशसभाको बैठक चल्न नसक्ने बताइन् ।

एमालेकै अर्का सांसद दानसिंह परियारले प्रदेशसभा बैठक नेकपा एमालेका कारण अवरुद्ध नभएको बताए । सरकार गठन गर्नका लागि जस्तोसुकै गठबन्धन गर्न पनि तयार हुने परिपार्टीको शुरुवात कर्णाली सरकारले गरेको उनको आरोप छ ।

‘एमालेका सांसदहरु सत्तामा छन् । हामी प्रतिपक्षमा छौं, आफै अदालतमा गएर एमाले बनेर आएकाले एमालेको विरुद्ध सत्तामा रहेर कार्य गरिरहेका छन्,’ परियारले भने ।

एमालेले सदन चल्न नदिएपछि सभामुख राजबहादुर शाहीले बैठक यही असार २४ गते सम्मका लागि स्थगित गरेका छन् ।