देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन काँग्रेसद्धारा पहिरोमा मृत्यु भएका परिवारलाई सहयोग

देशान्तर

चितवन – नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताए ।

कालिका नगरपालिका-११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका-१२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहतस्वरुप सहयोग गर्ने उनले जानकारी दिए । मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले घटनाप्रति दुःख व्यक्त गरे । सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पुर्याइने उनले जानकारी दिए ।

विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।