काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठक बस्ने भएको छ । पार्टी महाधिवेशनको मिति तोक्नका लागि समितिको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले भोलि निर्देशक समितिको बैठक बस्ने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै भोलि समितिको बैठक बस्ने र महाधिवेशनको मिति तोक्ने बताएका छन् ।
अध्यक्ष थापाले अहिले राप्रपामा सैद्धान्तिक तथा वैचारिक मतभेद नभएको प्रष्ट पारेका छन् । पार्टीमा केही निष्क्रियता रहेपनि अब महाधिवेशनले त्यसको निराकरण गर्ने उनले बताए ।
प्रतिक्रिया