देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जादै

देशान्तर

काठमाडौं – अर्को साता चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप नेपाल आइपुग्ने भएको छ । जुलाई ८ तारिखमा सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले न्यूनतम १० लाख डोज खोप ल्याउन जहाज त्यसतर्फ जान लागेको जानकारी  दिए । ‘अहिलेलाई न्यूनतम १० लाख ल्याउने भन्ने कुरा भएको छ । परिमाण त्यो भन्दा पनि बढ्न सक्छ’ उनले भने ।

खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि जुलाई ८ मा जाने निश्चित भएको जानकारी पौडेलले दिए । बालुवाटारमा शुक्रबार भएको एमाले केन्द्रिय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पनि केही दिनमै खोप आउने बताएका थिए ।