देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनका थप कार्यक्रम तय गर्दै विपक्षी विद्यार्थी सङ्गठन

देशान्तर

काठमाडौँ – विपक्षी गठबन्धन आबद्ध विद्यार्थी सङ्गठनको संयुक्त बैठक बसिरहेको छ । शुक्रबार बिहान काठमाडौँको बुद्धनगरमा काँग्रेस निकट, नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंबीच छलफल भइरहेको छ ।

महामन्त्री बलदेव तिमल्सिनाका अनुसार आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रम तय गर्दै विगतका कार्यक्रमको समीक्षा गर्ने छ । बैठकमा देशभर सञ्चालित आन्दोलन सफल बनाउन सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भर्त्सना गर्ने तिमल्सिनाले जानकारी दिए।