देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

देशान्तर

काठमाडौँ — सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री वसन्तकुमार नेम्बाङले जानकारी दिए ।

योसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ । नेपाल–अंग्रेज युद्धका योद्धा थापालाई लामो समयदेखि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिँदै आएको थियो ।

 

७३ वर्षको उमेरमा देउथलमा तत्कालीन इस्ट इन्डिया कम्पनी अंग्रेज विरुद्ध खुकुरी लिएर लडेका थापाको यही लडाइँमा मृत्यु भएको थियो । नेपाल–अंग्रेज युद्ध सन् १८१५ मा सकिएको थियो ।