देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजबाट

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नेतृत्वका लागि भएको मतदान अन्तरगत केन्द्रीय सदस्यको खुलातर्फको मतगणना आज हुदैछ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार आज विहान १० बजे केन्द्रीय सदस्यको खुलातर्फको मत गणना हुनेछ ।

मत गणना पार्टी कार्यालय सानेपामा हुने छ ।  खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार छन् । केन्द्रीय सदस्यको खुलातर्फ प्रभावशाली नेताहरु नै चुनावी मैदानमा छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्यानल नै बनाएका थिए ।

दुबै प्यानलका २५/२५ उम्मेदवार छन् भने ४० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । यसअघि सभापतिसहित महामन्त्री र कोषाध्यक्षको मतगणना गरिएको थियो । सभापतिमा शेरबहादुर देउवा महामन्त्रीमा रामचन्द्र पौडेल प्यानलका शशांका कोइराला र कोषाध्यक्षमा पौडेल प्यानलकी सीतादेवी यादव विजयी भएका थिए ।

]]>