लगातारको वर्षापछि खसेको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति सवा दुई बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा पहिरो खसेको छ ।
पानी निरन्तर परिरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण बाटो खुल्न केही सयम लाग्ने चितवनका डीएसपी सूर्य थापाले बताए ।
डोजर र लोडरको प्रयोग गरी पहिरो पन्छ्याउने काम भईरहेको उनले बताए ।
राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम क्षेत्रसँग जोड्ने मुख्य मार्गको रुपमा रहेका यो सडकखण्डमा बर्सेनि पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ ।
एशियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने क्रममा ठाउँ–ठाउँमा पहाड काट्नु परेको परेको थियो । पहाड काटेको ठाउँमा हरेक वर्षायाममा पहिरो खस्ने गरेको छ ।
प्रतिक्रिया