देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राउटे युवती प्रकरण : यौन दुर्व्यवहार गर्ने तीन जना कारागार चलान

देशान्तर

सुर्खेतर । सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यस लगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनाविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ ।