देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकीमा मन्त्रीको जिम्मेवारी तोक्न नै सकस, दुई मन्त्रीको मात्र कार्यविभाजन

देशान्तर

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेल सरकार गठन भएको दुई सातासम्म पनि आफ्नो मन्त्रिपरिषदको कार्यविभाजन गर्न नसकेको देखिएको छ । आइतबार अस्थायी रुपमा कार्यविभाजन गर्दै दुई मन्त्रीलाई कार्यभार तोकेका छन् । 

मुख्यमन्त्री नेपालीको सिफारिमा मन्त्रिपरिषद्मा रहेका चार मन्त्री मध्ये दुई जनालाई भने देश प्रमुख सीताकुमारी पौडेलले मन्त्रालय तोकेकी हुन् । जस अनुसार काँग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई सामाजिक विकास र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यलाई भने अझै विना विभागीय मन्त्रीमै राखिएको छ । अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पोखरेल स्वयंले राखेका छन् ।

यसअघि काँग्रेस, माओवादी केन्द्र र जसपाले गण्डकीको मन्त्रिपरिषदको कार्यभार तोक्ने विवाद केन्द्रको गठबन्धनले मिलाएको दाबि गरिएको थियो । तर अझै विवाद मिलेको देखिएको छैन । माओवादी केन्द्र र जसपाले सकरार गठनपछि काँग्रेसले यस अघि सहमति गरेको मन्त्रालय नदिएको आरोप लगाउदै आएका छन् ।