देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशका विभिन्न ठाउँमा वर्षा : केही नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह

देशान्तर

काठमाण्डौ – अहिले वाग्मतीसहित प्रदेश एक, प्रदेश दुई, गण्डकी र लुम्बिनीमा पानी परिरहेको छ । वाग्मती, प्रदेश एक रदुईमा बिहानदेखि नै लगातार पानी परेको हो । मनसुनी वायु सक्रिय रहेकाले पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताएका छन् ।

आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको छ । वाग्मती, मेलम्चीसहित केही नदीमा पानीको बहाव बढेको छ । खोलामा पानीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का गोपाल दुलालको घर बगाएको छ । यस्तै कोशी र यसका सहायक नदीमा पनि पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार पानी परेकाले कोशीसहित केही नदीमा जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र भूकम्पले क्षति पुर्याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।