देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदिना गौतम हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा नियुक्त

देशान्तर

लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भककी छिन् । बि.सं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नति गरिएको हो ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको पनि हाम्रो पात्रोले जनाएको छ ।

हाम्राे पात्राे विशुद्ध दैनिक जनजीवनसँग जाेडिएका तिथी मिति देखि पर्वसहित समाचार र सूचना उपलव्ध गराउने एप हाे । यसमा नेपालका विश्वसनीय सञ्चारमाध्यमहरुका समाचारहरु पढ्न पाइने ब्यवस्था रहेकाे छ । यसैगरी रेडियाे सुन्न, भिडियाे हेर्न सकिने सुविधा रहेकाे छ भने पछिल्लाे समय यसैमार्फत अन्य सामाजिक सञ्जालकाे जसरी च्याट (कुराकानी) गर्न मिल्ने सुविधा पनि थप गरिएकाे छ ।

साथै हाम्रो पात्रोमा आबद्ध सञ्चारमाध्यमहरुलाई सम्झौता पुनः नविकरणका लागि पनि अनुरोध गरेको छ ।

हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने  व्यवस्थापक पक्षले प्रतिवद्धता पनि जनाएको छ ।