देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप ८१ जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार १२ हजार चार सय १४ जनामा कोरोना परीक्षण भएको छ।

उनले २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको बताए। त्यस्तै तीन हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

काठमाडौं उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा तीन सय ४६ गरी कूल चार सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए।