सर्लाही – सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई दाजुभाइको ज्यान गएको छ । मलंगवा नगरपालिका वडा नम्बर ११ का सद्दाम अन्सारीका छोराहरू आठ वर्षका रेआज अन्सारी र ६ वर्षका नेआज अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका उनीहरूको इँटा बनाउँदा खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्दा ज्यान गएको हो ।
यस्तै सर्लाहीमै हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार राति घर भत्काउन थालेपछि बाहिर निस्किएका ईश्वरपुर नगरपालिका १३ का ५५ वर्षका रामआशिष महतोलाई हात्तीले आक्रमण गरेको र उपचारका क्रममा बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया