देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

देशान्तर


कोपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी भएको छ । मंगलबार विहान सकिएको खेलमा अर्जेन्टिानले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।


यो नतिजासँगै समूह ए मा रहेको अर्जेन्टिना सात अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । र उक्वाटरफाइनलमा पनि पुग्न सफल भएको छ ।

अर्जेन्टिनाको जितमा एलेजान्ड्रो गोमेजले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले दशौं मिनेटमा एन्जल डि मारियाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उक्त अग्रता अर्जेन्टिनाले अन्तिमसयमसम्म कायमै राखेको थियो ।

पराजित भएको पाराग्वे तीन अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । पाँच अंकरहेको चिली दोस्रो स्थानमा छ । सोमबार राति भएको अर्को खेलमा चिली र उरुग्वेले एक एक गोलको बराबरी खेलेका थिए ।

एक गोलले पछि परेको उरुग्वेलाई उपहार गोलले राहत भएको थियो । २६ औं मिनेटमा चिलीका लागि एडुवार्डो भर्गासले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, ६६ औं मिनेटमा चिलीकै आटुरो भिडालले आत्मघाति गोल गरेपछि उरुग्वेले एक एक गोलको बराबरी गर्न सफल भएको थियो ।