काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।
सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन्।
गत पुस ७ गते राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया