काठमाडौँ – सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ हराएको नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ ।
घटनाको छानबिन गरी दोषी पत्ता लगाउन र रोकिएको भत्ता तत्काल वितरण गर्न माग गर्दै कांग्रेसले तालाबन्दी गरेको हो ।
हराएको पैसा तुरुन्त खोजी भत्ता वितरणको ग्यारेन्टी नभएसम्म तालाबन्दी नखुल्ने कांग्रेसले जनाएको छ ।
वडा नम्बर २ का ६ सय ३८ जनालाई वितरण गर्नुपर्ने भत्ताको रकम गत चैत २३ गतेदेखि हराइरहेको छ । कार्यालयको दराजबाटै हराएको भनिएको रकम अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया