देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज बर्षकै लामो दिन

देशान्तर

आज असार ७ गते । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन ।

नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

ज्योतिषी सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको छ ।

आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ । यसको अर्थ, आजबाट दिन छोटो तथा रात लामो हुँदै जानेछ ।

समान्यतया पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ ।

नेपाल उत्तरी गोलाद्र्धमा पर्ने भएकाले पृथ्वीको दक्षिणी गोलाद्र्धमा यसको ठिक विपरित हुन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।

बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।