काठमाडौं – निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका प्रमुख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको अनुसन्धानका क्रममा मुद्दा मुद्दा मिलाइदिने भन्दै घुस मागेको खुलेको अख्तियारले जनाएको छ।
कार्यकक्षबाट नियन्त्रणमा दिइएका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।
प्रतिक्रिया