काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनाललाई अहिले ज्वरो आउने, टाउको दुख्ने र खोकी हटिसकेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
नेता खनाललाई यसअघि दिइएको अक्सिजन सपोर्ट पनि हटाइएको भट्टराईले बताएका छन् । साथै उनको उपचारमा केहि समय लाग्ने बताइएको छ । नेता खनाल असर २ गते उपचारका लागि दिल्लीतर्फ गएका थिए ।
प्रतिक्रिया