काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुपूर्णिमा पर्व २०७२ का अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
होलीको शुभकामना सन्देश दिँदै उनले बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविधताले भरिपूर्ण नेपालमा मनाइने यस प्रकारका चाडपर्वले आपसमा मित्रता, सद्भाव र सहिष्णुता बढाउन मद्दत गर्ने उल्लेख गर्दै विभिन्न रङ लगाएर उमङ्गका साथ मनाइने यस पर्वले आपसमा प्रेम, सद्भाव र मेलमिलाप बढाउन सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
]]>
प्रतिक्रिया