देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन सिडिओको बैठक बस्दै

देशान्तर

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । आइतबार साँझ बस्न लागेको बैठकमा उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल हुनेछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज साँझतिर तीनै जिल्लाका प्रजिअ बीचमा छलफल हुन लागेको बताए । ‘आइतबार छलफल मात्र हुनेछ । सोमबार बिहान बसेर निर्णय गर्छौँ । निषेधाज्ञा थप सहज गर्ने गरी छलफल भइरहेको छ’, प्रजिअ निरौलाले भने ।

केही दिन अगाडि बसेको निर्देशक समितिको बैठकले स्मार्ट लकडाउन गर्ने विषयमा निर्णय गरेको थियो । सोही समितिको निर्देशन अनुसार नै उपत्यकाको निषेधाज्ञाका विषयमा थप छलफल हुने प्रजिअ निरौलाले बताए ।

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सेवा र व्यापार रोकिएका छन् ।