देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी

देशान्तर

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैछ ।

बैठकमा निषेधाज्ञा थप गर्ने र कुन(कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म र निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएकामा बढाउने कि यथावत राख्ने भन्नेमा पनि छलफल हुनेछ ।

जोर बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिने विषयमा छलफल भए पनि निर्णय भइसकेको छैन ।