देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेल्जियममा विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु

देशान्तर

बेल्जियममा एक निर्माणाधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।

आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो ।

यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ ।