देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित

देशान्तर

इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित भएका छन् । तीन जना प्रतिष्पर्धीलाई हराउँदै रायसी इरानको १३औं राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले ६२ प्रतिशत मत प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपति रायसीले आगामी अगस्टमा सपथ लिएर कार्यभार सम्हाल्ने छन् ।

यसैबीच इजरायलले इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्नुपर्ने जनाएको छ ।

रायसी राष्ट्रपति निर्वाचित भएसँगै इरानले आणविक गतिविधि बढाउसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुपर्ने इजरायलले टिप्पणी गरेको हो ।

इजरायलको विदेश मन्त्रालयमन प्रवक्ता लियर हैतले नवनिर्वाचित राष्ट्रपति रायसीले यसअघि नै आणविक गतिविधि बढाउने संकेत गरेको भन्दै यसको परीणाम सुखद नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

निर्वाचनको परिणाम आएलगत्तै उनले आफूले इरानका नागरिकको चाहना अनुसार नै काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

तर विश्लेषकहरुले भने इरानले पुनः आणविक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने संकेत रायसीले गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इरान र इजरायलबीच लामो समयदेखि जारी द्वन्द्व पुनः चर्कने भन्दै कतिपयले चिन्तासमेत व्यक्त गरेका छन् ।

इजरायलले अन्तर्राष्ट्रिय समूदायले इरानमाथि आणविक गतिविधि सञ्चालन नगर्न दवाव दिनुपर्नेसमेत जनाएको छ ।

गत वर्ष इरानले इजरायललाई शीर्ष परमाणु वैज्ञानिकको हत्या र अप्रिलमा युरेनियम सम्वद्र्धन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ ।

यस्तै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालमा परमाणु सम्झौता भंग गरेर एकतर्फी रुपमा इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका थएि ।