देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जर्मनीसँग पोर्चुगलको लज्जास्पद हार, स्पेन र पोल्याण्डले ड्र खेले

देशान्तर


युरोपेली च्याम्प्यिनसिमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको छ । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरेका थिए ।


तर यसपछि जर्मनीले लगातार चार गोल गर्‍यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।

६७ औं मिनेटमा डिएगो योटाले एक गोल थपे पनि पोर्चुगललाई हारबाट जोगाउन सकेनन् । यो जितपछि समुहको दोस्रो स्थानमा उक्लिएको जर्मनीले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा पोर्चुगल तेस्रो स्थानमा झरेको छ ।

जर्मनी र पोर्चुगल दुवैको समान ३–३ अंक छ । ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ ।
यस्तै, युरो २०२० मा स्पेन र पोल्याण्डले अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै समूह ईमा एक एक अंक थपेका हुन् ।

समूह ईमा स्वीडेन चार अंकसहित शीर्ष स्थानमा रहँदा स्लोभाकिया तीन अंकसहित दोस्रो स्थानमा छ ।

स्पेन भने लगातार दोस्रो खेलमा बराबरीमा रोकिए पछि प्रि क्वाटरफाइनल पुग्ने सम्भावना कम्जोर देखिएको छ । यसैगरी पोल्याण्डले पहिलो अंक लिन सफल भयो ।

शनिबार राति स्पेनले एक गोलको अग्रता जोगाउन नसक्दा पोल्याण्डसँग अंक बाँड्न बाध्य बन्यो ।
२५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका थिए । उनले जेराड मोरेनाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा गोल थप्न सकेन भने उल्टै एक गोल खान पुगेको थियो । ५४ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि पोल्याण्ड खेलमा फर्किएको थियो ।