देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

देशान्तर

काठमाडौँ । युरोकप अन्तर्गत फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

हंगेरीका अत्तिला फिओलाले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता लिएकोमा फ्रान्सले खेलको ६६औ मिनेटमा एन्टोनी ग्रीजम्यानको गोलमा बराबरी गरेको थियो ।

समुह एफमा रहेको फ्रान्सको यो बराबरीपछि २ खेलमा ४ अंक भएको छ भने हंगेरीको २ खेलमा एक अंक भएको छ । अब समुह चरणको अन्तिम खेलमा फ्रान्सले पोर्चुगलको सामना गर्ने छ भने हंगेरीले जर्मनीविरुद्ध खेल्ने छ ।