देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेरुमा बस दुर्घटना : २७ को मृत्यु, दर्जनौं घाइते

देशान्तर

काठमाडौं । पेरुको अयाकुचो क्षेत्रमा यात्रुवाहक एक बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । अरु दर्जनौं यात्रु घाइते छन् । उक्त बस स्थानीय समय अनुसार बिहान ३ बजे अयाकुचोबाट अरेक्वीतर्फ जाँदै थियो । बसभित्र अधिकांश यात्रु खानीमा काम गर्ने श्रमिक र तिनका परिवार भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा पर्ने घटनास्थलमा अहिले उद्वारकर्मी तथा सुरक्षाकर्मीहरुको टोली पुगेको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

स्थानीय मिडिया अनुसार यात्रुवाहक बस अनियन्त्रित भइ सडकबाट २ सय मिटर भन्दा तल खसेको थियो । यद्यपि सरकारी अधिकारीहरुले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएका छन् । एजेन्सी