देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला पर्यो, हत्या गरिएको आशंका

देशान्तर

डडेल्धुरा – परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक युवतीको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।

गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा शनिबार फेला परेको हो ।

घरपरिवार तथा स्थानीयले खोजी गर्दा अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगिसकेको उनले बताए ।

धामीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । तर, प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने कुरा खुल्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्ष चन्दको नेतृत्वमा प्रहरी टोली पनि पठाइएको छ ।