देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रसंघको महासचिवमा गुटरेस पुनः नियुक्त, नेपालद्वारा बधाई ज्ञापन

देशान्तर

काठमाडौं –दोस्रो कार्यकालका लागि पुनःनियुक्त संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलार्ई नेपालले बधाइ दिएको छ ।

राष्ट्रसंघीय महासभाले शुक्रबार उनलाई २०२२ देखि सन् २०२६ सम्मका लागि महासचिवमा नियुक्त गरेको हो । दोस्रो कार्यकालको सफलताको कामना गर्दै नेपालले पनि बधाइ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१९३ सदस्य मुलुक भएको राष्ट्रसंघले सर्वसम्मतीले गुटरेसलाई नियुक्त गरेको हो । महामारी कायमै रहेको, मुलुकहरुबीच राजनीतिक खिचतानी बढेको र जलवायु परिर्वतको मुद्दा जटिल बनेको बेला गुट्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनको प्रशंसा भएको छ ।

राष्ट्रसंघका लागि नेपाली नियोगले पनि गुट्रेसलाई बधाइ सन्देश पठाउँदै दोस्रो कार्यकालमा नेपाल र राष्ट्रसंघको सम्बन्ध अझै सुद्धढ हुने जनाएको छ ।