देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वराष्ट्रपतिले खेलाडीलाई भने, ‘तपाईंहरुको परिवार कसरी चलेको छ’

देशान्तर

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले फूटबल खेलाडीहरुले राज्यको लागि योगदान गरेपनि आर्थिक पाटो सुधार गर्न राज्यले नसकेको बताएका छन् । ‘मलाई सधैं चिन्ता लाग्छ । खेलाडी भाइहरुको पारिवारिक र सामाजिक जीवन कसरी चलिरहेको छ ’  निष्ट फाउण्डेशनले राष्ट्रिय फूटबल खेलाडीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा यादवले भने, ‘जीवन कसरी निर्वाह गरिरहनु भएको छ ?  खेलाडीहरुलाई स्रोत साधन त उपलब्ध हुँदैन । परिवारको व्यवस्थापन त कुरै छाडौं ।’

फूटबल टिममा हिमाल, पहाड र तराईका खेलाडी भएकोले सिंगो राष्ट्र उपस्थित रहेको उनले बताए ।  प्रशिक्षक राजु शाक्यलाई इगिंत गर्दै ४० वर्षदेखि फुटबलमा रहेर राज्यलाई योग्दान गरिरहेको उनले बताए । अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले भूकम्पले रंगशालाको प्याराफिट धराप भएपछि  अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल सञ्चालन गर्न नसकेको बताए । बंगबधु अन्तराष्ट्रिय गोल्डकप र भारतमा भएको साफ गेममा स्वर्ण पदक ल्याउन सफल खेलाडीलाई निष्टले सम्मान गरेको हो ।

फाण्डेशनका अध्यक्ष डा। माधव बरालले भूकम्प र तराई बन्दले निरास रहेको नेपालीलाई फुटबल खेलाडीले हैसला दिनुको साथै मुलुकको इज्जत राखेकोले सम्मान गरेको बताए । फाउण्डेशनले प्रत्येक खेलाडीलाई १० हजार नगदसहित सम्मान गरेको भक्तपुर निष्टका प्रबन्ध निर्देशक चन्द्र अधिकारीले बताए । कान्तिपुरमा समाचार छ। 

]]>