देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेइजिङ सम्झौतामा दिल्लीको टिप्पणी

देशान्तर

काठमाडौं । नेपाल–चीनबीच पारबहन सम्झौता भएको २४ घण्टा  बित्न नपाउँदै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ। व्यवहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ, ‘तर नेपाल र भारतको सम्बन्ध अरूको जस्तो होइन।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपाल र चीनबीच भएको पारबहन तथा यातायात सम्झौताबारे टिप्पणी गरेका छन् । नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित झन्डै २२ मिनेट लामो पत्रकार सम्मेलनमा पत्रकारले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र सडक, रेल तथा पारवहन सम्झौताबारे प्रवक्तालाई प्रश्न गरेका थिए ।

‘चीनसँग नेपालले गरेका समझदारी भारतका लागि चूनौती हो कि होइनरु भन्ने प्रश्नको जवाफमा पहिलै तयार भएजस्तो स्वरूपले यो विषयमा बोल्न र नेपाल भारतको विशिष्ठ सम्बन्ध प्रष्ट्र पार्न फायल नै पल्टाए। समाचार आजको नयाँ पत्रिकामा छ । 

]]>