काठमाडौँ – कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो ।
लियोनल मेस्सीको पासमा गुइडो रोडरिग्वेजले खेलको १३औँ मिटेटमा गोल गर्दै अर्जेन्टिनालाई जिताएका हुन् । जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।
समान ४ अंक भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।
प्रतिक्रिया