काठमाडौँ – युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।स्कटल्याण्डको भने यो पहिलो अंक हो ।
स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ । पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।
प्रतिक्रिया