देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री पोखरेलले भने – प्रदेशसभा जोगाउन मलाई विश्वासको मत दिनुस्

देशान्तर

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन अनुरोेध गरेका छन् ।

‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं । संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु,’ मुख्यमन्त्री पोखरेल नेपालीले भने ।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मागेका छन् । पोखरेलले विश्वासको मत पाऊँ भनी प्रस्ताव पेस गरेका हुन् । ख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् ।

अहिले उक्त प्रस्तावमाथि छलफल जारी छ । एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।