देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

होलीमा रमाए मधेसी नेताहरु, मोर्चाको निर्णय अवज्ञा

देशान्तर

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको होली नमनाउने निर्णय मोर्चा घटक दलकै नेताहरुले अवज्ञा गरेका छन्। परम्परा र संस्कृतिमाथि प्रहार गरेको भन्दै बुधवार मोर्चाकै नेताले होली मनाए। तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीसहित केन्द्रीय र जिल्ला तहका नेताले तराई मधेसमा होली मनाएर मोर्चाको केन्द्रीय निर्णय उल्लघंन गरे।  

रामसपाले त औपचारिक रुपमा ८ गते नै जनकपुरमा होली मिलन कार्यक्रम आयोजना गरेको थियो भने केन्द्रमा पनि सोही अनुसारको कार्यक्रम राखिएको थियो। आन्दोलनका क्रममा वीरगन्ज नाकामा अवरोध गर्ने मोर्चाका संयोजक प्रदीप यादवले पनि विशेष कार्यक्रममार्फत होली मनाए।  

गत चैत ८ गते मधेसी मोर्चाको केन्द्रीय सचिवालयले आन्दोलनका क्रममा धेरै मधेसी मारिएको भन्दै यसपटक होली नमनाउने निर्णय गरेको थियो।   नागरिक दैनिकमा समाचार छ।

]]>