कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार विहान सकिएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
यो नतिजासँगै कोपाको समूह एमा रहेको ब्राजिल ६ अंकका साथ शीर्ष स्थानम रहँदा पेरुले खाता पनि खोल्न सकेका छैन र उ पाँचौ स्थानमा छ । ब्राजिलको जितमा एलेक्स सेन्ड्रो र नेइमारले एक एक गोल गरेका थिए ।
१२ औं मिनेटमा सेन्ड्रोले ब्राजिललाई शुरुवाती अग्रता दिलाएका थिए । नेइमारले बायाँ साइडबाट गरेको क्रस ग्याब्रियल जेसलाई आएको थियो । जेससको पासमा सेन्ड्रोल नजिकबाट गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो । टिमका लागि दोस्रो गोल नेइमारले गरेका हुन् । फेड्रिको रोड्रिगेजको सहयोगमा नेइमारले गोल गरेपछि ब्राजिल २–० गोलले अघि बढेको थियो ।
८९ औं मिनेटमा उसका लागि डी बारोस रिबेरियोले गोल गरे । उनले रिचार्डसनको पासको सदुपयोग गरेका थिए ।
खेलको इन्जुरी समयको चौथो मिनेटमा ब्राजिलले रिचार्डसनको गोलमा खेलमा चार शुन्यको बढत बनायो । उसका लागि रिचार्लिसनले गोल गर्न सफल भए ।
त्यसपछि पेरु खेलमा फर्कन सकेन र ब्राजिलले तीन अंक हात पार्यो । जितसँगै ब्राजिलले दुई खेलमा ६ अंक बनाएको छ । कोलम्बियाको समान खेलमा चार अंक छ । पेरु पहिलो खेलमा नै हार ब्यहोर्न बाध्य भयो । कोपा अमेरिका अन्तर्गत शुक्रबार विहान भएको पहिलो खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया