सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख कोरानाविरुद्धको भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो ।
सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि सरकारले उक्त कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो । लामो कूटनीतिक प्रयासपछि सिनोफार्मले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको हो । त्यसका आधारमा सरकारले त्यो कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो ।
तर खोप ‘नन डिस्कोलजर एग्रिमेन्ट’ अन्तर्गत खरीद प्रक्रिया अघि बढाएपछि आशंका उत्पन्न भएको छ । खोपको मात्रा, मूल्य र आपूर्तिको समयसीमाबारे खोप खरिद प्रक्रियामा संलग्न सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन् । यो खोप खरिद प्रक्रियामा नेपाल र चीन सरकारबीच तथा खोप उत्पादक कम्पनीसँग गरी दुई किसिमको सम्झौता हुँदैछ।
प्रतिक्रिया