देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रसेल्स घटनाप्रति काँग्रेसद्वारा भत्र्सना

देशान्तर

काठमाडौँ। बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणप्रति नेपाली काँग्रेसले भत्र्सना गरेको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गरी तीन ठाउँमा भएको आक्रमणबाट करिब ५० जनाको निधन भएको र २५० भन्दा बढी मानिस घाइते भएको भन्दै दुःख व्यक्त गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ– “युरोपको अत्यन्त व्यस्त विमानस्थलका रुपमा परिचित जाभेन्टम विमानस्थल तथा मेट्रो स्टेसनमा निर्दोष यात्रुहरुलाई लक्षित गरी गरिएको आतङ्ककारी हमला घटना अत्यन्त निन्दनीय छ । युरोपियम मुलुकमा एकपछि अर्को आतङ्ककारी हमलाको पुनरावृत्तिले सम्पूर्ण विश्व समुदाय आतङ्कवादका विरुद्ध एकजुट हुन सबैलाई आग्रह गर्दछु ।” 

काँग्रेसले यस दुःखद घडीमा बेल्जियम सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घृणित कार्यमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

]]>