देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, ‘प्लेअफ’ खेल्नु नपर्ने

देशान्तर

काठमाडौं – नेपाल चीनमा आयोजना हुने एसियन कप – २०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ ।

एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ । समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो ।

यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।