देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिड नियन्त्रणका लागी गुल्मीका स्थानीय तहलाई ८० लाख सहयोग

देशान्तर

गुल्मी – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गुल्मीका पाँच स्थानीय तहलाई हेफरले ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इश्मा गाउँपालिकालाई १५ लाखका दरले र रेसुंगा नगरपालिकालाई पाँच लाख रुपैयाँ प्रदान गरेको एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले जानकारी दिए।

पाँच स्थानीय तहलाई चेक हस्तान्तरण गर्दै हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले उक्त रकमले कोभिड अस्पताल निर्माण, अक्सिजन सिलिन्डर खरिद, अक्सिमिटर लगायत कीटहरु खरिद गर्न सहयोग पुग्ने बताए।

रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग रकमले ठूलो सहयोग पुग्ने बताए।